पिकनिक मनाउन गएका अक्षयमाथि भारतीय नाकामा गोली प्रहार



महोत्तरी : जलेश्वर नगरापालिका ५ विषणपुरका श्यामसुन्दर कापरका १६ वर्षीया छोरामाथि भारतीय सीमानाकामा गोली प्रहार भएको छ ।

हिजो (बुधबार) आफ्नो साथीहरुसँग पिकनिक मनाउन भारतीय सीमानाकामा गएका अक्षय कापरमाथि गोली प्रहार भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

पिकनिकमा रमाइलो गरिरहेका बेला अचानक गोली लागेर कापर घाइते भएको प्रहरीले जनाएको छ ।

गोली लागेर घाइते भएका कापरलाई तत्काल जलेश्वर अस्पताल पुर्याइएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि उनलाई थप उपचारका लागि जनकपुरस्थित जानकी हेल्थ केयर लगिएको थियो ।

कापरको अवस्था थप नाजुक बन्दै गएपछि उनलाई विराटनगर वा अन्यत्र लाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

कापरले गोली चलाउनेको नाम किटान गरे पनि प्रहरीले नाम सार्वजनिक गरेको छैन । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्