भोजपुरमा जिप दुर्घटना, ११ घाइते 



विराटनगर : भोजपुरको हतुवागढी गाउँपालिका ४ खैराङमा ब्रेक फेल भएर आइतबार दिउँसो जिप दुर्घटना भएको छ । दुर्घटनामा परेर जिपमा सवार ११ जना घाइते भएका छन् । दुईजनाको अवस्था गम्भीर छ । 

हतुवागढीबाट घोडेटार जाँदै गरेको को१ज ९० नम्बरको ल्यान्डरोभर जिप दुर्घटना भएको प्रदेश १ प्रहरी कार्यालय विराटनगरले जनाएको छ । दुर्घटनामा परेर रामप्रसाद राई गाउँपालिकाका मिश्र राई, रानीवासका लङ्कमान राई, देवानटारका जीतमान राई, आस्मा राई, बयाङका कुसुम राई, रानीवास दितेनीका गोपाल बस्नेत, प्रितम राई, आमचोक गाउँपालिका यूँका सन्तोष चौहान, खैराङका अमर कार्की, होम्ताङका यादव श्रेष्ठ र जिप चालक सुनसरी घर भएका जीवन सुवेदी घाइते भएका हुन् ।

 

घाइतेको धरानस्थित बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठानमा उपचार भइरहेको छ । लङ्कमान र प्रितमको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । 

प्रतिक्रिया दिनुहोस्