रेडपाण्डाको छालासहित दुई पक्राउ



सुर्खेत : प्रतिबन्धित रेडपाण्डाको छालासहित दुईजना पक्राउ परेका छन् । जाजरकोटको नलगाड नगरपालिका ५ कालीमाटीका गणेश सुनार र युवराज विकलाई प्रहरीले रेडपाण्डाको छलासहित आइतबार पक्राउ गरेको हो । 

चेकजाँज गर्ने क्रममा रेडपाण्डाको छाला सहित उनीहरू प्रक्राउ परेको प्रहरी निरीक्षक लोक बहादुर विष्टले जानकारी दिए । प्रक्राउ परेका दुवै जनालाई प्रहरीले जिल्ला बन कार्यालयको जिम्मा लगाएको छ । 

प्रतिक्रिया दिनुहोस्