व्यापार संघका अध्यक्ष सारडा सम्मानित



विराटनगर : भारतको राजस्थानस्थित जोधपुरमा आयोजित महेश्वरी ग्लोबल एक्स्पो (औद्योगिक व्यापार मेला) मा मोरङ व्यापार संघका अध्यक्ष एवं पूर्व सांसद पवन कुमार सारडालाई सम्मान गरिएको छ । आइतबार उनलाई प्रतिभा सम्मानले सम्मानित गरिएको हो । 

उनलाई कार्यक्रमकी प्रमुख अतिथि भारतकी लोक सभाध्यक्ष सुमित्रा महाजनले सम्मानपत्र प्रदान गरेकी हुन् । 

सो अवसरमा महाराष्ट्रका मुख्यमन्त्री देवेन्द्र फडणवीस, सांसद गजेन्द्र सिंह शेखावत, भारतीय जनता पार्टीका राष्ट्रिय उपाध्यक्ष श्याम जाजु, महासभा पदाधिकारीहरू, भारतका विशिष्ट व्यक्तित्वलगायतको उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्