आमाको हत्या गरेको आरोपमा ‘क्याप्टेन अमेरिका’ की अभिनेत्री पक्राउ



एजेन्सी : सुपर हिरो फिल्म ‘क्याप्टेन अमेरिकाः द फस्र्ट एवेन्जर’ मा काम गरेकी अभिनेत्री मोली फिजगेराल्ड पक्राउ परेकी छिन् । उनी आफ्नै आमाको हत्याको आरोपमा पक्राउ परेकी हुन् ।

३८ वर्षीया मोलीमाथि आफ्नै आमालाई चक्कु प्रहार गरी हत्या गरेको आरोप लागेको छ । उनकी आमा प्याट्रिसिया फिजगेराल्डको गत डिसेम्बर २० तारिखमा अमेरिकाको कन्सास प्रान्तको ओलेथस्थित घरमा चक्कु प्रहारबाट हत्या भएको थियो ।

घटनाको अनुसन्धानपछि प्रहरीले मोलीलाई नयाँ वर्षको पहिलो दिन नै जेल चलान गरेको छ । प्रहरीका अनुसार मोलीविरुद्ध आमाको हत्या गरेको उजुरी परेको थियो । घटनाबारे थप अनुसन्धान भइरहेको छ ।

सुपरहिट एभेन्जर सीरीजको पहिलो फिल्मबाहेक मोलीले अन्य फिल्ममा पनि काम गरिसकेकी छिन् । उनले क्याप्टेन अमेरिकामा ‘स्टर्क गर्ल’ को भूमिका निभाएकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्