‘लोकप्रियता देख्न नसकेर कांग्रेसले सरकारको विरोध गर्‍यो’



जनकपुरधाम : नेकपाका नेता माधव कुमार नेपालले विपक्षीले अनावश्यक विषय उठाएर सरकारलाई बदनाम गर्न खोजेको बताएका छन् । 

आइतबार जनकपुरमा नेकपाले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले राम्रो काम गर्दै जनताको मन जितिरहेको हेर्न नसकेर विरोधीहरूले अधिनायकवादको दुष्प्रचार गरेको दाबी गरे ।

नेता नेपालले वर्तमान सरकारको लोकप्रियता देख्न नसकेर प्रमुख प्रतिपक्षी दल कांग्रेसले सरकारको विरोध गरिरहेको बताए । नेपालले दुष्प्रचारबाट बच्न र सरकारले गरेका कामको प्रचार गर्न पनि कार्यकर्तालाई आग्रह गरे ।

प्रतिक्रिया दिनुहोस्