वायु सेवा निगमपछि चियाको पैसा नतिर्दा पूर्वराजालाई ‘टेन्सन’



काठमाडौं : प्रत्यक्ष शासन हातमा लिएका बेला नेपाल वायुसेवा निगमको जहाज चढेबापतको करिब ५ करोड रुपैयाँ बाँकी बक्यौता नतिरेपछि चर्चामा आएका पूर्वराजा ज्ञानेन्द्र शाह यतिखेर फेरी अर्को काण्डले तहल्का मच्चाएको छ । त्यसबेला संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले त्यो बक्यौता जसरी पनि उठाइछाड्ने बताएका थिए । तर, अहिले त्यो कुरा त्यसै सेलाएको छ ।

उता अहिले यसरी तहल्का मच्चाउनुको कारण हो शाहले सञ्चालन गरेको चियाबगानको बक्यौता कर नतिरेका कारण चर्चामा आएका छन् । दमक नगरपालिका– ४ र ९ को पाँच सय ७५ बिघा १७ कट्ठा १४ धुरमा रहेको हिमालय–महालक्ष्मी टी गार्डेनको पाँच करोड ३० लाख कर बक्यौता छ । यो तिर्ने शुरसार गरेका छैनन् ज्ञानेन्द्रले । ताकेता गरेपनि सुनेको नसुने झै गरिरहेका छन् ।

सो चिया बगानमा गत बुधबार पूर्वराजा शाह गएका थिए । पूर्वराज परिवारले २०१८ मा स्थापना गरेको यो चिया बगानको हेरचाह अहिले सोल्टी ग्रुपले हेर्दै आएको छ ।

गणतन्त्र स्थापनापछि स्थानीय स्वायत्त शासन ऐनको अधिनमा रही यो बगानलाई पनि एकीकृत सम्पत्ति कर लागू भएको थियो । तर, बगानले हालसम्म कर नतिरेको दमक नगरपालिकाको राजश्व शाखाले बताएको छ । हिमालय–महालक्ष्मी टी गार्डेन प्रालिले सञ्चालन गरेको चिया बगानभित्र काठका धेरै संरचना छन् । जहाँ पूर्वराजपरिवारले प्रयोग गर्ने गरेको ‘मिनी दरबार’ पनि छ । यो दरबारमा पूर्वराजा शाह प्रत्येक वर्ष जाने गर्छन् । बगानका उपप्रबन्धक खगेन्द्र श्रेष्ठका अनुसार १२–१५ वर्षदेखि बगानको कर तिर्न बाँकी रहेको छ ।

‘नगरपालिकाबाट पटक–पटक पत्र आएपनि त्यसलाई सोल्टी ग्रुपमा पठाएपनि त्यो के भइरहेको छ भन्ने आफूलाई जानकारी नभएको बताएका छन् । पञ्चायतकालमा ‘हिमालय टी गार्डेन एन्ड फार्मिङ प्रालि’बाट चलेको यो बगान बहुदलकालमा ‘हिमालय गुडरिक’ र हाल ‘हिमालय–महालक्ष्मी टी गार्डेन’का नाममा सञ्चालन भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्