सुदूरपश्चिम प्रदेश : हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्रीको सम्बोधन



कैलाली : सुदूरपश्चिम प्रदेश सभाको हिउँदे अधिवेशनको पहिलो बैठकमा प्रधानमन्त्री केपी ओलीको सम्बोधन हुने गरी तयारी सुरु गरिएको छ । 

प्रदेशसभाको तेस्रो अधिवेशनको पहिलो दिनमै प्रधानमन्त्रीको सम्बोधन हुने गरी समय मिलाइरहेको र करिब एक सातामा प्रदेशसभा अधिवेशन सुचारु हुने सभामुख अर्जुन बहादुर थापाले जानकारी दिए । 

प्रदेशसभाको बर्षे अधिवेशनमै प्रधानमन्त्रीको सम्बोधन गराउने योजना भए पनि प्रदेश सरकारले राजधानी तोकिएपछि सम्बोधन राख्ने निर्णय गरेकाले अबको बैठकको पहिलो दिनका लागि तयारी गरिएको हो । 

प्रदेश ७ का सांसदहरूले भने हाल सम्म एउटा मात्र विधेयक दर्ता भएकोले अधिवेशन सुरु भए पनि निरन्तर चल्नेमा आशंका व्यक्त गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्