बुहारीले छोरी पाएको खुसीमा सासुले दिइन् पार्टीसँगै कार उपहार



एजेन्सी : छोरी जन्माउँदा भन्दा छोरा जन्माउँदा परिवार खुसी देखिन्छन्, यो प्रवृत्ति विश्वभर नै छ भन्दा फरक नपर्ला । यस्तो प्रवृत्ति दक्षिण एसियामा अझ बढी छ । वंश धान्न भएपनि छोरा जन्माउनै पर्ने मानसिकता मानिसहरुमा छ ।

तर भारतको उत्तर प्रदेशमा एक महिलाले छोरी जन्माउँदा उनकी सासु निकै नै खुसी भएकी छिन् । उनी यति खुसी भइन्की बुहारीले छोरी जन्माउँदा उनले कार नै उपहार दिइन् । उनले छोरी पाएको भनेर खुसी हुँदै बुहारीलाई अंगालो हाल्दै कार उपहार दिएकी हुन् ।

ती सासुले छोरा भन्दा छोरी धेरै राम्रो हुने बताएकी छिन् । स्वास्थ्य विभागको बतौर निरिक्षकको पदबाट रिटायर्ड भएकी सामु प्रेमा देवी आफ्नो छोरा बुहारीसंग बस्ने गर्छिन् ।

उनका छोरा पनि हमीरपुर जिल्ला मुख्यालयमा सरकारी सेवामा कार्यरत छन् । बुहारी भने घरमै बस्छिन् । उनले आफ्नो बुहारीलाई छोरी जस्तै ब्यबहार गर्छिन् । बुहारीले छोरी पाएपछी उनले घरमा पार्टी राखिन् । बुहारीलाई होन्डा सिटी कार खरिद गरेर उपहार पनि दिइन् ।

प्रतिक्रिया दिनुहोस्