कर्मचारी समायोजन विवाद सर्वोच्चमा, प्रधानमन्त्री विपक्षी



काठमाडौं : सरकारले संघ, प्रदेश र स्थानीय तहमा कर्मचारी समायोजनका लागि जारी गरेको कर्मचारी समायोजन अध्यादेश विवाद सर्वोच्च अदालत पुगेको छ । समायोजन अध्यादेशमा अन्यायपूर्ण र विभेदकारी प्रावधान भएको भन्दै त्यसविरुद्ध ३३० जना कर्मचारीले सर्वोच्चमा रिट दायर गरेका हुन् । 

प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय समेतलाई विपक्षी बनाएर दायर गरिएको रिटको सुनुवाई पुस २७ लाई तोकिएको छ । 

कर्मचारीहरुले समायोजन अध्यादेशले प्रदेश र स्थानीय तहमा समायोजित हुने कर्मचारीको वृत्ति विकासलगायतको बाटो अवरुद्ध गरेको आरोप लगाएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्