वाइडबडी प्रकरण : मन्त्री अधिकारीले आज पत्रकार सम्मेलन गर्दै



काठमाडौं: नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरिदको विषयमा सोमबार संस्कृति पर्यटन तथा नागरिक उड्डययनमन्त्री अधिकारीले पत्रकार सम्मेलन गरेर प्रष्ट पार्ने भएका छन् ।

 

वाइडबडी खरिदमा अनियमितता भएको र उक्त अनियमिततामा मन्त्री अधिकारीपनि संलग्न रहेको भन्दै प्रतिनिधिसभा अन्तर्गतको सार्वजनिक लेखा समितिले गठन गरेको उपसमितिले निष्कर्ष निकालेपछि पहिलोपटक मन्त्री अधिकारीले औपचारिक कार्यक्रम गरेर बोल्न लागेका हुन् ।

 

वाइडबडी जहाज खरिदमा भएको भ्रष्टाचारको विषयमा छानबिन गर्न बनेको समितिले मन्त्री अधिकारीसहितका पदाधिकारी संलग्न रहेको निष्कर्ष निकालेको थियो। यो निष्कर्ष सार्वजनिक भएपछि विवादमा तानिएका अधिकारीले पत्रकार सम्मेलन गरेर धारणा सार्वजनिक गर्न लागेका हुन् ।

 

मन्त्री अधिकारीले सोमबार बिहान १० बजे मन्त्रालयमै पत्रकार सम्मेलन गर्ने तयारी गरेका हुन् । पत्रकार सम्मेलनमा सचिवसहित सम्बद्ध अधिकारी सभागी हुने मन्त्रालयले जनाएको अन्नपुर्णमा खवर छ ।

 

कांग्रेस सांसद राजन केसी नेतृत्वको उपसमितितले नेपाल वायुसेवा निगमले वाइडबडी ‘ए ३००’ नामक  दुई जहाज खरिद गर्दा ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको निष्कर्ष निकालेको थियो। उक्त भ्रष्टाचारमा पूर्व पर्यटनमन्त्रीसँगै बहालवाला मन्त्रीको संलग्नता रहेको दाबी गरिएको छ ।  

प्रतिक्रिया दिनुहोस्