मेलम्ची ठेकेदारको धरौटी फिर्ता गर्दै सरकार



काठमाडौं : खानेपानी मन्त्रलयले मेलम्ची ठेकेदार कोअपरेटिभा मुराटोरी ई सेमेन्टिस्टी डी रेभेन्नासँग वार्ताको वातावरण बनाउन आफूले जफत गरेको नौवटा धरौटीमध्ये आठ वटा फिर्तागर्ने भएको छ ।  

मन्त्रलायलये इटालियन ठेकेदार सीएमसीले राखेको पर्फमेन्स बन्डबाहेक अरु फिर्ता गर्ने जनाएको छ । फिडिक ठेक्काअनुसार ठेकेदारले एडभान्स पेमेन्ट ग्यारेन्टी, रिटेन्सन, पर्फमेन्स बन्ड, अन डिमान्ड बन्डलगायत नौ प्रकारका धरौटी राख्नुपर्ने हुन्छ ।  

मन्त्रालयले यी धरौटी जफत गर्ने प्रक्रिया अघि बढाएपछि ठेकेदार उच्च अदालत पुगेको थियो । अदालतले सरकारलाई ती धरौटी रोक्का राख्न आदेश दिएको थियो । आदेशपछि मन्त्रालयले धमाधम धरौटी जफतको प्रक्रिया अघि बढाएको थियो । 

मन्त्रालय स्रोतका अनुसार सीएमसीका प्रमुख कार्यकारी अधिकृत पउलो पोर्सेल्ली आउनुअघि नै मन्त्रालयले वार्ताको वातावरण बनाउन उसका लागि पूर्वआंशिक माग सम्बोधन गर्न तयार भएको थियो । आजको अन्नपूर्ण पोष्ट दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्