८६ प्रकारका भारतीय औषधिको आयात रोकिँदै



काठमाडौं : सरकारले भारतबाट आयत हुने ८६ प्रकारका औषधिमा प्रतिबन्ध लगाउने तयारी गरेको छ । यसअघि ३० प्रकारका औषधि प्रतिबन्ध गर्न औषधि व्यवस्था विभागले सूची तयार गरेको थियो । 

अहिले त्यसलाई बढाएर ८६ पुर्याइएको छ । औषधिहरुको सूची भने गोप्य राखिएको छ । प्रतिबन्धित औषधिको सूचीमा सरकारले निःशुल्क उपलब्ध गराउने र त्यसभन्दा बाहिरको पनि रहेको विभागका सूचना अधिकारी सन्तोष केसीले बताए । 

प्रतिबन्धको तयारीसँगै विभागले नेपालका औषधि उत्पादक कम्पनीको गुणस्तरको सूची आफ्नो वेबसाइटबाट हटाएको छ । सरकारले २३ स्वदेशी औषधि उत्पादक कम्पनीको नवीकरण रोकेको छ । 

विश्व स्वास्थ्य संगठनको असल उत्पादन अभ्यास मापदण्ड पूरा गर्न नसक्दा वर्षौंंदेखि नेपाली कम्पनीको नवीकरण रोकिएको हो । ३९ वटा उद्योगले औषधि व्यवस्था विभागमा नवीकरणका लागि निवेदन दिएकोमा २३ फर्मास्युटिकल्स प्रालिको नवीकरण रोकिएको छ । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्