दीपिका बसेकै घरमा रणवीरले लिए भाडामा कोठा



एजेन्सी : बलिउड अभिनेत्री दीपिका पादुकोण बस्ने घरमा नै उनका पति अभिनेता रणवीर सिंहले कोठा भाडामा लिएका छन् ।

दीपिका प्रभादेवी क्षेत्रको ब्यूमोन्ड टावरमा २६औं तलामा घर लिएकी छिन् । उनले उक्त घर सन् २०१० मा १६ करोड भारतीय रुपियाँमा खरिद गरेकी थिइन् । त्यही नै घरको ३३ औँ तलामा रणवीर सिंहले फ्ल्याट किनेका छन् । उनले ३ वर्षको लागि उक्त फ्ल्याट भाडामा लिएको भारतीय सञ्चार माध्यममा उल्लेख छ ।

इन्डियन एक्सप्रेसले रजिस्ट्रेशन डिपार्टमेन्टबाट प्राप्त गरेको जानकारी अनुसार दुई वर्ष रणवीरले उक्त फ्ल्याटको प्रतिमहिना ७.२५ लाख तिर्नेछन् भने अन्तिम वर्ष भने हरेक महिना ७.९७ लाख तिर्नेछन् । तर उनले किन उक्त फ्ल्याट भाडामा लिए जानकारी आएको छैन ।

प्रतिक्रिया दिनुहोस्