काठमाडौं नयाँबजारबाट गुण्डा नाइके ‘राते’ पक्राउ


काठमाडौं : विगत लामो समयदेखि गुण्डागर्दी र आपराधिक क्रियाकलापमा संलग्न राते भन्ने सुजन श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय अपराध नियन्त्रण महाशाखाको टोलीले उनलाई गएराति काठमाडौँको नयाँबजारबाट पक्राउ गरेको छ ।

महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक सहकुलबहादुर थापाका अनुसार उनी यसअघि प्रहरीको इन्काउन्टरमा मारिएका दिनेश अधिकारी ‘चरी’ समूहमा बसेर गुण्डागर्दीमा सक्रिय थिए ।

पछिल्लो समयमा भने गत वर्ष चैत १८ गतेको एक आपराधिक गतिविधिमा संलग्न रहेको आरोपमा उनलाई पक्राउ गरिएको हो । त्यो बेला श्रेष्ठ र सहयोगी रेम्बो भन्ने अजय गुरुङले काठमाडौँ महानगरपालिका–२६ आइओडी क्लब अगाडि स्थानीय विष्णु कठायतलाई पछाडिबाट रडले प्रहार गरेर फरार भएको प्रहरीले जनाएको छ । गुरुङ भने यसअघि नै पक्राउ परिसकेका छन् ।

पीडितको उजुरीका आधारमा खोजी गर्ने क्रममा उनलाई राति पक्राउ गरी थप कारवाहीका लागि आज महानगरीय प्रहरी वृत्त लैनचौर बुझाइएको थापाले जानकारी दिए । –रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले विकास र सुशासनका लागि राम्रा काम गरिरहे पनि

जनकपुरधाम : जनकपुरधाममा रहेको सार्वजनिक महत्वको पोखरीको अस्तित्व समाप्त हुने अवस्थामा रहेको छ । त्यहाँको

काठमाडौं : कार दुर्घटनामा परी घाइते भएका नेकपा मालेका महासचिव सीपी मैनालीको उपचार धापासीस्थित ग्राण्डी

काठमाडौं : पेट्रोलियम पदार्थमा प्रतिलिटर १० रुपैयाँ कर लगाउने निर्णय भएको छ । फागुन १२

काठमाडौं : चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) टी–ट्वान्टी क्रिकेटको खेल तालिका सार्वजनिक भएको छ।

काठमाडौं : काठमाडौं महानगरपालिकाको हटलाइन नम्बरमा नियमित फोहर सङ्कलन गर्न र धुलोमुक्त काठमाडौँ बनाउनुपर्नेजस्ता विषयमा

एजेन्सी : आर्थिक समस्यासँग जुझ्न हङ्‍कङको सरकारले त्यहाँका स्थायी बासिन्दालाई १२ सय अमेरिकी डलर बराबर

काठमाडौं : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफू प्रधानमन्त्री रहेको मन्त्रिपरिषद् वा आफ्नो सङ्लग्नतामा अन्य

काठमाडौं : आजका युवा बिलासितातर्फ आकर्षित भएका छन् । उनीहरु छिट्टै सम्भ्रान्त हुने सपना देख्ने

काठमाडौं : पाचौं संस्करणको राईनो गोल्डकप फुटबलको उपाधि विभागीय टिम त्रिभुवन आर्मी क्लबले जितेको छ

एजेन्सी : फ्रान्समा कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट पहिलो पटक एक जनाको एकजनाको मृत्यु भएको

महोत्तरी : सोनमा गाउँपालिकाका २५ वर्षिय मञ्जीतकुमार महरालाई करीब एक दशक अगाडि बुबासँगै बजाइएको ढोल