उखु किसानको पक्षमा जनकपुरमा युवाहरुको विरोध प्रदर्शन



जनकपुरधाम : उखु किसानको आन्दोलनप्रति एकबद्धता जाहिर गर्दै किसान आन्दोलनको समर्थनमा जनकपुरका युवाहरुले प्रदर्शन गरेका छन् । मधेशमासका संयोजन समिति सदस्य सरोज मिश्र र शुशील कर्ण लगयतको युवाहरुको अगुवाईमा आज (शुक्रबार) प्रदर्शन गरिएको हो ।

जनकपुरको मुख्य चौकमध्येका एक स्थानीय रामनान्द चौकमा झन्डै दुई दर्जन युवाहरुको समूहले बाटो अवरुद्ध गरेर प्ले कार्ड बोकेर नेपाल सरकारविरुद्ध चर्को नाराबाजी गर्दै प्रदर्शन गरेका छन् ।

नेपाल सरकार मुर्दावाद, कृषि मन्त्री राजीनामा दे, उखु किसानलाई भुक्तानि दे, मिल मालिकमाथि कारवाही गर , प्रदेश सरकार मुर्दावाद लगायतका नारा लगाउँदै युवाहरुले विरोध गरेका छन् । आउने दिनमा सरकार गम्भीर नभए, किसानको उखुको मूल्य नदिए कडा आन्दोलनको चेतावनी दिँदै सरोज मिश्रले भने, ‘अब कृषि प्रधान देशमा यो दिन पनि देख्नु पर्यो ।’

सर्लाहीका उखु किसानको मात्र यो समस्या नभएर सम्पूर्ण किसानको समस्या रहेको मधेशमासका संयोजन समिति सदस्य शुशील कर्णले जनाएका छन् ।

कर्णका अनुसार प्रदेश २ सरकारले तत्काल तदारुक्ताका साथ यो समस्या समाधान गर्न सक्नुपर्छ होइन् भने तत्काल नैतिकताको आधारमा राजीनामा गर्नुपर्ने आक्रोस व्यक्त गरेका छन् ।

यसैगरी सफाई अभियानि दीपक ठाकुरले यो त जनकपुरमा ‘कास्टिङ्ग’ मात्र भएको बताए । उनले सरकारले उखु किसान प्रति समयमा गम्भीर नभए हामी पूरै फिल्म देखाई दिने समेत बताए ।
साथै उनले उखु किसानको समस्या समाधान नभए थप आन्दोलका कार्यक्रम सर्वजनिक गर्ने चेतावनी समेत दिए ।

प्रतिक्रिया दिनुहोस्