हिउँले टलक्कै टल्किएको कालिञ्चोक (फोटोफिचर)



दोलखा : कालिञ्चोकको सौन्दर्य अहिले हिउँले थप खुलाएको छ । पश्चिमी न्यून चापिय प्रणालीको प्रभावका कारण देशभर वर्षा र उच्च हिमाली तथा पहाडी क्षेत्रका विभिन्न भूभागमा हिमपात भयो ।

दोलखाको धार्मिक तथा पर्याकटीय क्षेत्र कालिञ्चोकमा पनि हिमपात भयो । यसले कालिञ्चोकको सौन्दर्यमा थप निखारता थपिदिएको छ ।

कालिञ्चोक क्षेत्रमा परेको हिउँ जमेर सेताम्य भएको छ । सो क्षेत्रमा रुखहरुमा हिउँ जमेको छ । टेन्टहरु पनि सेतै भएका छन् ।

आकाशमा बादलका टुक्रा र तल जमिनमा जमेको सेतै हिउँले कालिञ्चोक क्षेत्र क्षेत्र टलक्कै टल्किएको छ । हल्का वर्षासहित हिमपात हुँदा यहाँका डाँडाहरु सेताम्य देखिन थालेका छन् ।

कालिञ्चोक क्षेत्रमा सहज तरिकाले पुगी हिउँ खेल्न सकिने भएकोले आकर्षणको केन्द्र बनेको हो । तीन हजार ८४२ मिटरको उचाइमा रहेको कालिञ्चोकमा हिउँ खेल्ने राजधानी तथा अन्य क्षेत्रबाट पर्यटन आउने गरेको स्थानीय बताउछन् ।

प्रतिक्रिया दिनुहोस्