नेपाललाई जेरुसेलमको पक्षमा ल्याउन इजरायलको लविङ



काठमाडौं: इजरायलले आफ्नो राजधानी जेरुसेलमलाई स्वीकार गर्न नेपालसँग कूटनीतिक लविङ गरिरहेको छ। तेलअभिवस्थित नेपाली दूतावास जेरुसेलम लैजानका लागि इजरायलले यो स्तरको ‘लविङ’ गरेको हो। इजरायलले पछिल्लो समय नेपालसँग उक्त विषयमा खुला छलफल नगरे पनि कूटनीतिक पहलकदमी निरन्तरता दिएको छ ।

 

दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन सार्कको अध्यक्ष र इजरायललाई यो क्षेत्रबाट सबैभन्दा पहिले मान्यता दिएको मुलुकको नाता जोड्दै इजरायलले नेपालसँग सकारात्मक आशा राखेको परराष्ट्र अधिकारीले बताए ।

 

इजरायलको पक्षमा नेपाल सकारात्मक हुने वित्तिकै खाडी मुलुकमा रहेका नेपाली कामदारको विषयदेखि अन्य समस्याहरू देखापर्ने स्पष्ट छ। विपक्षमा रहँदा शक्ति मुलुकको तारोमा नेपाल पर्दै गएको छ। यतिबेला नेपालको कूटनीति समस्यामा परेको विश्लेषण परराष्ट्र अधिकारीको छ ।

 

अमेरिकाले राष्ट्रसंघको सुरक्षा परिषद्को ‘रिजोलुसन’ लाई समेत वेवास्ता गर्दै तेलअभिव स्थित आफ्नो दूतावास जेरुसेलम सारिसकेको छ। अमेरिकालाई ल्याटिन अमेरिकी मुलुक ग्वाटेमालाले साथ दिएको छ। त्यस्तै पछिल्लो समय ब्राजिलले आफ्नो दूतावास जेरुसेलम लैजाने विषय निर्णय गरिसकेको छ ।

 

 राष्ट्रपति जैर बोल्सोनारोले इजरायलको जेरुसेलममा आफ्नो देशको दूतावास सार्ने तयारी गरेको बताएका छन्। ‘यो ब्राजिलको आफ्नै देशको मामिला भएकाले इरान वा अन्य अरबी मुलुकसँग जोडिएको विषय होइन’, राष्ट्रपतिले ब्राजिलको एसबीटी टेलिभिजनलाई दिएको अन्तर्वार्तामा भने, ‘दूतावास सार्ने विषयमा निर्णय भइसकेको छ। अब कार्यान्वयनको चरणमा हामी छौं।’ इजरायलका प्रधानमन्त्री बेञ्जामिन नेतान्याहु राष्ट्रपति बोल्सोनारोको सपथग्रहण समारोहमा सहभागी भएको केही दिनमा यस्तो निर्णय बाहिर आएको हो ।

 

शक्ति मुलुकहरू मार्फत नै इजरायलले आफ्नो कूटनीतिक लविङ तिव्र बनाइरहँदा भूराजनीतिको महत्वपूर्ण स्थानमा रहेको नेपाल पनि त्यसमा छुटेको छैन। दक्षिण एसियाको ठूलो र लोकतान्त्रिक मुलुक भनिएको भारतसँग पनि उत्तिकै पहल गरिरहेको इजरायलले नेपालसँग राजनीति तहमा सोझै र कूटनीतिक तहमा अन्य मुलुकमार्फत पहल गर्दै आएको छ ।

 

 ब्राजिलको दूतावास जेरुसेलममा सार्न अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वदायी भूमिका रहेकाले अमेरिकी कूटनीतिक प्रयास जेरुसेलम सार्नेमा हुनु स्वभाविक हो। आफ्ना समर्थक र सहयोग लिएको मुलुकलाई पक्षमा पार्ने प्रयास अमेरिकाले गर्दै आएको अन्नपुर्णमा खवर छ ।

प्रतिक्रिया दिनुहोस्