पप्पु कन्ट्रक्सनका तत्कालीन प्राेप्राइटर हरिनारायण राैनियारकाे सांसद पद धरापमा



काठमाडाैं : पछिल्लाे समय निकै चर्चामा रहँदै अाएकाे पप्पु कन्स्ट्रसनमाथि अख्तियारले मुद्दा दायर गर्ने भएकाे छ । बबईको पुल प्रकरणमा पप्पुमाथि छानबिन गरिरहेको अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पनि पुलमा व्यापक अनियमितता तथा गुणस्तरहीन सामग्री प्रयाेग भएकाे बलियाे अाधार भेटाएपछि मुद्दा दायर गर्ने अन्तिम तयारी थाल्दै छ।

 

पप्पु कन्स्ट्रसनद्वारा निर्माण सकिएकाे गुलरिया र बाह्र बर्दिया नगरपालिका जाेड्ने बबर्इ पुल निर्माणमा गुणस्तरहीन सामाग्री प्रयाेग भएकाे ठहरिएपछि अख्तियारले मुद्दा दायर गरेकाे हाे ।  

 

यसैबीच पप्पु कन्ट्रक्सका प्राेप्राइटर तथा संघीय समाजवादी फाेरमका सांसद हरिनारायण राैनियारलार्इ अनियमितताकाे अाराेप लगार्इ उनकाे सांसद पद खारेजीकाे लागि अख्तियारले मुद्दा दायर गरेकाे छ । राैनियारविरुद्ध प्रमाण जुटार्इ संघीय संसद्का सभामुखसमक्ष राैनियारकाे सांसद पद खारेजीका अख्तियारले पत्र पठाएकाे छ । उनलार्इ भ्रष्टाचारसम्बन्धी मुद्दा दायर गरी अख्तियारले विशेष अदालतमा उपस्थिति गराइसकेकाे छ ।   

 

सहरी विकास तथा भवन निर्माण विभागका ठाकुर पनि अख्तियारकै फन्दामा

सहरी विकास तथा भवन निर्माण विभागका सिडिइ सुरेश ठाकुर पनि अख्तियारकै फन्दामा परेका छन् । उनीमाथि अायाेगले अकुत सम्पति अार्जन गरेकाे भन्दै मुद्दा दायर गर्ने तयारी गरेकाे हाे ।

 

ठाकुरलार्इ ३ कराेडभन्दामाथिकाे बिगाे राखेर अायाेगले विशेष अदालतमा मुद्दा दायर गर्ने निर्णय गरेकाे उच्च स्राेतले बतायाे । यसैगरी स्राेतका अनुसार निकट भविष्यमा सिक्टा सिँचाइ अायाेजना र नेपाल वायु सेवा निगमकाे भ्रष्टाचारसम्बन्धी मुद्दा दायर हुने भएकाे छ । 

प्रतिक्रिया दिनुहोस्