‘प्रदेशबाट समृद्धिको यात्रा’



सिन्धुली: प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणी पौडेलले देशलाई समृद्ध बनाउन प्रदेश सरकार अग्रसर भएको बताएका छन् । 

 

सिन्धुलीमाढीमा आइतबार प्रादेशिक महोत्सवको समापन समारोहलाई सम्बोधन गर्दै उनले यस प्रदेशले देशलाई नै समृद्ध बनाउने बताए । जमीन, जल र जङ्गलको उचित प्रयोग गरी प्रदेश सरकार समृद्धिको यात्रातर्फ अघि बढेको उनको भनाइ छ । 

 

खाद्य तथा नगदेबाली लगाएर उत्पादनमा वृद्धि गरी देशलाई नै पुग्ने गरी खाद्यान्न उत्पादन गर्ने योजना रहेको मुख्यमन्त्री पौडेलले बताए ।

प्रतिक्रिया दिनुहोस्