हिमाली जिल्लामा हिमपात (फोटो फिचर)



कैलाली : सुदूरपश्चिमका पहाडी जिल्लामा गए राति देखी हिमपात भएको छ । सुदूरपश्चिमका दार्चुला, बैतडी, डडेल्धुरा बझाङ लगायतका जिल्लाका उच्च लेकाली र हिमाली क्षेत्रमा हिमपात भएको हो । 

कर्णाली प्रदेशका हिमाली जिल्लामा पनि आइतबार रातिदेखि नै हिमपात भइरहेको छ । जाजरकोट, माथिल्लो डोल्पा, जुम्ला, कालिकोट, हुम्ला, मुगुलगायतका जिल्लामा हिमपात भएको हो । हिमपातसँगै चिसो बढेको छ । 

हिमपातले बढेको चिसोका कारण जनजीवन प्रभावित भएको छ ।

हिमपातले चिसो बढे पनि तरकारी, गहुँलगायतका बालीलाई भने राहत भएको स्थानीयले बताएका छन् । सिँचाइ सुविधा नभएको ठाउँमा हिमपात भएसँगै अन्न उत्पादन राम्रो हुने गर्दछ । 

हिमपातले घरका छाना सेताम्मे भएका छन् । 

प्रतिक्रिया दिनुहोस्