मन्त्री रवीन्द्र अधिकारीको पत्रकार सम्मेलन : वाइडबडी खरिदमा मेरो संलग्नता छैन



काठमाडौं: संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीले वाइडबडी खरिदमा आफ्नो संलग्नता नभएको दाबी गरेका छन् ।

 

सिंहदरवारस्थित कार्यकक्षमा पत्रकार सम्मेलन गरि मन्त्री अधिकारीले बिमान खरिद प्रकरणमा भएको अनियमिततामा संलग्न भएको भनी संसदीय समितिले गठन गरेको उपसमितिले दिएको प्रतिवेदनप्रति असन्तुष्ट व्यक्त गरे ।

 

पत्रकार सम्मेलनमा अधिकारीले आफुले १० महिनामा गरेका कामको फेहरिस्त प्रस्तुत गरेका थिए । वाइडबडी बिमान खरिद प्रकरणमा भएको अनियमिततामा अधिकारी संलग्न भएको भनी संसदीय समितिले गठन गरेको उपसमितिले प्रतिवेदन सार्वजनिक गरेपछि मन्त्री अधिकारी विवादमा तानिएका थिए ।

प्रतिक्रिया दिनुहोस्