बाइस वर्षदेखि फरार प्रतिवादी पक्राउ



वालिङ : बाइस वर्षदेखि फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ । सवारी ज्यान मुद्दामा रुपन्देही जिल्ला अदालतले फैसला सुनाएसँगै फरार रहेका स्याङ्जाको साविक दार्सिङ दहथुम गाविस हाल भीरकोट नगरपालिका वडा नं २ बस्ने ५९ वर्षीय टेकबहादुर गुरुङलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता नवीनकृष्ण भण्डारीले बताए ।

उनका अनुसार अदालतले २०५४ साउन २२ गते एक वर्ष एघार महिना छ दिन कैद सजाय तोकेको थियो । पक्राउ प्रतिवादीलाई आज स्याङ्जा जिल्ला अदालतमा पेश गरी तोकिएको सजाय भुक्तानका लागि कारागार चलान गरिएको प्रवक्ता भण्डारीले बताए । रासस

प्रतिक्रिया दिनुहोस्