गाेठमा चाउमिन बनाएकाे भेट्टाएपछि उपमहानगरद्वारा उद्याेग बन्द



दाङ : घोराही उपमहानगरपालिकाले एक चाउमिन उद्योगताला लगाएकाे छ । उपमहानगरले गरेकाे अनुगमनका क्रममा उद्योगको उत्पादन गुणस्तरहीन पाइएपछि उद्योग बन्द गराएको उपमहानगरले जनाएको छ।

 

उपमहानगरका उपप्रमुख तथा बजार अनुगमन समितिका संयोजक सीता सिग्देल न्यौपानेको नेतृत्वमा गएको अनुगमन टोलीले घोराही–१७ गैरागाउँमा सञ्चालित ऋषिकेश चाउमिन उद्योगलाई तत्कालका लागि बन्द गराएको छ।

 

‘खानेकुरा उत्पादन गर्ने उद्योग गाई बाँध्ने गोठमा छ’ उनले भने, ‘गोठमा बनाएका चाउमिन र त्यससँगै प्रयोग हुने सस कस्तो होला?’

 

उद्योगमा करीब ८० वटा बोतल तयार पारिएको ससमा उत्पादन मिति, उपभोग मिति र मूल्य उल्लेख नभएको तथा गोठमा चाउमिन उत्पादन गरेको फेला परेपछि बिक्री र उत्पादन समेत नगर्न निर्देशन दिइएको उपप्रमुख न्यौपानेले जानकारी दिए।

 

३ दिन भित्र उद्योग दर्ता गर्न र मापदण्ड अनुसार सञ्चालनमा ल्याउन टोलीले निर्देशन दिएको छ। अनुगमन टोलीले घोराही क्षेत्रमा रहेका अन्य चाउमिन उद्योगको समेत अनुगमन गरेको छ।

प्रतिक्रिया दिनुहोस्