सपथको चौथो दिन रेशम चौधरीको मुद्दा पेशी चढ्यो



काठमाडौं : टीकापुर घटनाका आरोपित रेशमलाल चौधरीको मुद्दाको पेशी सांसद पदको सपथ लिएको चौथो दिन तोकिएको छ । उनको मुद्दा ईश्वरीप्रसाद खतिवडा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशमा परेको छ ।

 

सांसद चौधरीले १९ पुसमा प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले पद तथा गोपनियताको सपथ गराएका थिए । सपथपछि उनी डिल्लीबजार कारागारमै फर्किएका थिए ।

 

चौधरी वारेसमार्फत उम्मेदवारी दर्ता गराएर २०७४ को आमनिर्वाचनमा कैलाली–१ बाट सांसद निर्वाचित भएका हुन् र सबैभन्दा बढी मतान्तरले विजयी उम्मेदवार पनि हुन् ।

 

उनको सपथप्रति विभिन्न टिकाटिप्पणीहरु आइरहेका छन् । विशेष गरी कांग्रेसले अदालतमा विचाराधीन मुद्दाका मुख्य आरोपीलाई शपथ खुवाएर सरकारले कानुनी राज्यको खिल्ली उडाएको आरोप लगाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्