अभिनेतालाई दीपिकासँग फिल्म खेले मारिदिने धम्की



एजेन्सी : अभिनेता सिद्धार्थ चतुर्वेदीलाई ज्यान धम्की आएको छ । निकट भविष्यमा नै अभिनेत्री दीपिका पादुकोणसँग फिल्म खेल्ने योजनामा रहेका सिद्धार्थलाई दीपिकासँग फिल्म खेलेमा ज्यान मार्ने धम्की आएको हो ।

केही समय अगाडि मात्रै अभिनेत्री अनन्या पाण्डेलाई ‘भाइ–भतिजावाद’ को सन्दर्भमा खरो जवाफ दिएर विवादमा तानिएका सिद्धार्थले फेरि दीपिकासँग फिल्म खेले ज्यान मार्ने धम्कीको जवाफले सबैलाई आफूतिर तानेका छन् ।

सामाजिक सञ्जालमा एक प्रयोगकर्ताले लेखेका ‘भाई म तेरो हत्या गर्छु किनकी तैँले दीपिकासँग रोमान्स गर्ने मौका पाइस्’ स्ट्याटसमा उनले नम्र भएर लेखेका छन्, ‘ठिकै छ । के गरुँ यार ? एकपटक रोमान्स गरेपछि मेरो हत्या गरिदिनु त्यसपछि बारम्बार म उनीसँग रोमान्स गरिरहन्छु ।’

फिल्म निर्माता शकुन बत्राको नयाँ फिल्ममा सिद्धार्थ अभिनेताको भूमिकामा देखिदैछन् । जसमा दीपिका पादुकोण र अनन्या पाण्डेको भूमिका रहेको छ ।

प्रतिक्रिया दिनुहोस्