रेशम चाैधरीलाई रिहा नगर्न सर्वाेच्चको आदेश



काठमाडौं : टीकापुर घटनाका आरोपी रेशम चौधरीको मुद्दामा सुनुवाइ गर्दै सर्वोच्चले उनलाई रिहा नगर्न आदेश दिएको छ। चारदिन प्रतिनिधिसभा सदस्यको सपथ लिएका उनीमाथिको कर्तव्य ज्यान मुद्दा सोमबार मात्र पेशीमा चढेको थियो। 

 

सर्वोच्चका न्यायाधीश ईश्वर खतिवडा र पुरुषोत्तम भण्डारीको इजलासले कैलाली जिल्ला अदालतको आदेश मिलेकै देखिएकाले उक्त आदेश खारेज नहुने फैसला गरेको हो। चौधरीमाथि जाहेरीकर्ताले किटानी पोल गरेको र सहअभियुक्तहरुले बयानमा पनि चौधरीको निर्देशनमा घटनामा संलग्न भएको बयान दिएका थिए। 

चौधरीले कसुर गरेको भनी विश्वास गर्न सकिने पर्याप्त र मनासिव आधार विद्यामान रहेको भन्ने २०७४ फागुन १४ को आदेश र उच्च अदालत दिपायलको २०७४ चैत २२ को आदेश मिलेकै देखिने सोमबारको आदेशमा भनिएको छ। 

 

प्रतिक्रिया दिनुहोस्