त्रिविका क्याम्पसमा फागुनमा स्ववियु निर्वाचन



काठमाडौं : त्रिभुवन विश्वविद्यालयले फागुनमा मातहतका क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन गर्ने भएको छ । विश्वविद्यालयको विद्यार्थी कल्याण तथा खेलकुद निर्देशनालयले आइतबार परिपत्र गरी क्याम्पसहरुलाई स्ववियु निर्वाचनको तयारी थाल्न निर्देशन दिएको छ ।

हाल कार्यरत स्ववियु पदाधिकारीको आगामी फागुन १८ गते दुईवर्षे कार्यकाल पूरा हुँदैछ । सोही कारण नयाँ चुनावको तयारी थाल्न त्रिविले मातहतका सरकारी क्याम्पसलाई निर्देशन दिएको हो । फागुनमा चुनाव गर्ने भने पनि त्रिविले मिति भने तोकेको छैन । 

त्रिविले यसअघि २०७३ फागुन १८ गते स्ववियु निर्वाचन गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्