गोपाल खड्काविरुद्ध भ्रष्टाचार मुद्दा, साढे १८ करोड बिगो



काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । अख्तियारले खड्काविरुद्ध १८ करोड ६६ लाख पाँच हजार बिगो दाबी गर्दै विशेष अदालतमा सोमबार मुद्दा दायर गरेको हो ।

 

खड्काले पदमा रहँदा १८ करोडभन्दा बढी अवैध रकम आर्जन गरेको अख्तियारको आरोप छ । अख्तियारले खड्काको सम्पत्ति लुकाउन सहयोग गरेको भन्दै अन्य केहीविरुद्ध पनि मुद्दा दायर गरेको छ । 

खड्काले आयल निगमका लागि पेट्रोलियम पदार्थ भण्डार गर्ने भनी विभिन्न ठाउँमा जग्गा खरिदका क्रममा भ्रष्टाचार गरेको आरोप लागेको थियो । 

प्रतिक्रिया दिनुहोस्