मदिरा सेवन गरी वडा सचिवले कार्यालयमै मच्चाए वितन्डा 



कैलाली : धनगढी उपमहानगरपालिकाका वडा सचिव दिनहुँ मदिरा सेवन गरेर बितन्डा मच्चाउन थालेका छन् । 

लगातार १२ पटकसम्म कार्यालयमा नै मदिरा सेवन गरेर वडा कार्यालय आएका वडा नम्बर ६ का सचिव करुणाकर जोशीलाई केही दिन त प्रहरीले नै समातेर लगेको वडा अध्यक्षको भनाई छ । 

सोमबार दिउँसो मिडियाकर्मी वडा कार्यालय पुग्दा सेवागाहीको निकै भिडभाड थियो

 

। वडा सचिव जोशी मदिरा सेवन गरेर कार्यालयमै वितन्डा मच्चाउदै थिए । वडा अध्यक्ष भगीराम चौधरी कार्यालयमा थिएनन् । मिडियाकर्मीहरुले खबर गरेपछि वडा अध्यक्ष २ बजेतिर कार्यालय आए । 

वडा कार्यालयको यस्तो अवस्था देखेर सेवाग्राही निकै आक्रोसित भएका छन् । उनीहरुले लगातार रुपमा कामकाजमा लापरबाही भएको र सम्बन्धित निकायले चाँसो नदिएको गुनासो गरे ।

 

सेवा लिन कार्यालय पुगेका शिव बहादुर कुवँरले यस्तै स्थिति रह्यो भने तालाबन्दी गर्ने चेतावनी समेत दिए । लगातार ३÷४ घण्टा कुरेको र वडा अध्यक्षको लापरबाहीले गर्दा वडाबाट दिइने सेवामा लथालिङ्ग भएको उनले बताए । 

वडा अध्यक्ष भगीराम चौधरीले भने आफूले सचिवलाई पटक–पटक नियन्त्रण गर्ने गर्ने प्रयास गरे पनि नसकेको स्वीकार गरे ।

 

वडा अध्यक्ष चौधरीले वडा सचिव जोशीको मदिरा पिउने बानी भएको र सो बारेमा प्रहरी र मेयर नृप वहादुर वडलाई पनि जानकारी दिएको तर केहि सुनवाई नभएको बताए । आफूले कारबाहीको लागि सिफारिस गरेको भए पनि मेयरको आफ्नै गाउँले भएकोले केही गर्न नसेको बताए ।

 

वडा कार्यालयमा नयाँ सचिव नआउँदासम्म सेवाग्राहीहरुले समस्या भोगीराख्नु पर्ने उनले बताए ।  वडा अध्यक्षले हाजिर रजिष्टर लुकाएकाले मदिरा खाएर कार्यालयमा आएको वडा सचिव जोशीले बताए । 

 

प्रतिक्रिया दिनुहोस्