नेपाली सिनेमा कम्पनीको बलिउड सिनेमा ‘लैला मंजु’ फ्लोरमा



काठमाडौं : नेपाली सिनेमा ‘पासवर्ड’ निर्माण कम्पनि एबी इन्टरनेशनलको बलिउड सिनेमा ‘लैला मंजु’ फ्लोरमा निस्किएको छ । निर्माताद्वय अमित बस्नेत र अजित केआर थापाले सिनेमाको बारेमा जानकारी दिए ।

जनवरी २ देखि युकेमा छायांकन सुरु भएको सिनेमालाई प्रेमराज सोनीले निर्देशन गरिरहेका छन् । सिनेमाको कलाकार फरिदा जलाल, शशांक व्यास, अभिमन्यु टोमर, नेहाल चुडास्मा, जेसी लिभर, लुलिया भन्तुर, महेश मंजेकर, जिम्मी शेर्गिल, रजित कपूर, निकी अनेजालगायतका छन् ।

फरिदा बलिउडकी नाम चलेकी अभिनेत्री हुन् । झन्डै ५ दशक लामो अभिनय यात्रामा उनले २ सय बढी सिनेमामा काम गरिसकेकी छन् । शशांक कलर्स टिभीको चर्चित सिरियल ‘बालिका बधु’मा जगदीश सिंहको भूमिकामा थिए । यस्तै अभिमन्युले केहि म्युजिक भिडियो र विज्ञापनमा काम गरिसकेका छन् ।

नेहाल ‘मिस युनिभर्स इण्डिया – २०१८’को विजेता हुन् । भने, जोनी लिभरका छोरा जेसीले यसअघि ‘वार’ र ‘ए साली आशिकी’मा अभिनय गरिसकेका छन् ।

हृडोय डेका मुख्य सहायक निर्देशक रहेको सिनेमा २०२० मै रिलिज हुनेछ । एबी इन्टरनेशनलसँग निर्माणमा डि।एन।ए पिक्चर्सले सहकार्य गरेको छ । सिनेमा ठुलो बजेटमा निर्माण गरिने बताइएको छ ।

एबी इन्टरनेशनलको नेपाली सिनेमा ‘सम्हालिन्छ कहिले मन’ प्रदर्शनको लागि तयार छ । भने, भारतीय सिनेमा ‘वेलकम टु लण्डन’ यसै वर्ष छायांकन जानेछ । यस सिनेमामा चार नेपाली र बलिउड कलाकारको अभिनय रहने निर्माण पक्षले जानकारी गराएको छ ।

प्रतिक्रिया दिनुहोस्