जाडो प्रभावित ६० जनालाई न्यानो कपडा र खाद्यान्न सहयोग



जनकपुरधाम : धनुषाको शहिदनगर नगरपालिकाका ६० जना विपन्न घरपरिवारका व्यक्तिहरुलाई न्यानो कपडा एवं खाद्यान्न सामग्री वितरण गरिएको छ ।

शहिदनगर नगरपालिका वड़ा नम्बर–६ हठीपूरमा कामाख्या परिवार नेपालको आयोजना एवं जिल्ला प्रशासन कार्यालय धनुषा तथा शहिदनगर नगरपालिकाको बिशेष समन्वय र मिथि फाउण्डेशन तथा रेल्वे ट्रयाक सरसफाइ अभियानीहरुको सहकार्यमा विपन्न बर्गका व्यक्तिहरुलाई न्यानो कपड़ा एवं खाद्यान्न सामग्री बाँडिएको हो ।

कार्यक्रममा धनुषाका प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल,शहिदनगर नगरपालिकाका मेयर उदय बरबरिया,उपमेयर शिला देवी कापर,कामाख्या परिवार नेपालका अध्यक्ष बिभास लाभ,जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरीक्षक रमेश बस्नेत,सशस्त्र प्रहरी उपरीक्षक राजेश उप्रेती,कामाख्या परिवार नेपालकी सचिव ललिता लाभ,अभियन्ता रूबी झा, दिपक कुमार चौधरी,नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नन्द कुमार झा लगायत दजनौं संख्यामा नागरिक समाज,स्थानीयवासीहरुको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्