विप्लव नेतृत्वका दुई कार्यकर्ता पक्राउ



सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका दुई कार्यकर्तालाई पक्राउ गरेको छ।वीरेन्द्रनगरमा एक व्यापारीलाई धम्क्याएर पाँच लाख रुपैयाँ माग्दै गरेको अवस्थामा जिल्ला सदस्य गोविन्द योगी  र पार्टी निकट अनेरास्ववियू (क्रान्तिकारी) का जिल्ला अध्यक्ष कमलसिंह बुढालाई आइतबार बेलुका पक्राउ गरिएको प्रहरीले जनाएको छ।

 

प्रहरीले पक्राउ परेका दुबै जनालाई अपहरण तथा शरिर बन्धक उद्योग अन्तर्गत मुद्दा चलाएको छ।

प्रतिक्रिया दिनुहोस्