प्रदेश सरकारले दियो दुई दिन सार्वजनिक बिदा



बुटवल : माघे सक्रान्तिको अवसरमा प्रदेश नम्बर ५ को सरकारले २ दिन सार्वजनिक बिदा दिने भएको छ । आगामी माघ १ र २ गते माघे सक्रान्ति मनाउनको लागि प्रदेश ५ मा बिदा दिने भएको हो ।

गत वर्ष पनि प्रदेश ५ ले माघी पर्वको अवसरमा २ दिन सार्वजनिक बिदा दिएको थियो । हिजो (सोमवार) बसेको मन्त्रिपरिषदको बैठकका निर्णय सुनाउँदै प्रवक्ता बैजनाथ चौधरीले माघी पर्व मनाउन २ दिन सार्वजनिक बिदा दिइएको जानाकारी दिए ।

प्रतिक्रिया दिनुहोस्