गार्मेन्ट उद्योगमा आगलागी हुँदा ठूलाे क्षति



विराटनगर :  विराटनगर ५ स्थित इक्राही बस्तीको एक गार्मेन्ट उद्योगमा सोमबार बिहान आगलागी हुँदा ७० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ।  विद्युत् सर्ट भएर उद्योगमा आगलागी भएको प्रहरीले जनाएको छ। 

 

आगलागी भएको भाग्यश्री फेसन तयारी पोशाक उद्योगका प्रोपाइटर दिपनारायण चौधरीले आगलागीबाट डेढ दर्जन मेसिन, तयारी पोशाक जलेर नष्ट भएको बताए। बैंकबाट ४० लाख ऋण लिएर अरु रकम थप गरेर उद्योग संचालन गरेको उनको भनाइ छ। 

 

आगलागीबाट ७० लाखभन्दा बढी क्षति भएको उनको दाबी छ। स्थानीय, प्रहरी र दमकलको सहयोगमा १ घण्टापछि आगो नियन्त्रणमा आएको थियो। प्रहरीले भने आगलागीबाट ४० लाख बराबरको क्षति भएको जनाएको छ।

 

प्रतिक्रिया दिनुहोस्