राष्ट्रिय गौरवका आयोजनाको दुःखी प्रगति



काठमाडौं अन्तर्राष्ट्रिय अभ्यासमा ठूला पूर्वाधार अयोजना निर्माण थाल्नुअघि पूर्वतयारी गरिन्छ र तोकिएको समयमा सम्पन्न गर्ने परिपाटी छ । अधिकांश आयोजना तीनदेखि पाँच वर्षभित्र सकिन्छ । कारणवश ढिला भए छ देखि आठ वर्षभित्र पूरा गर्ने प्रचलन छ । तर, नेपालको अनुभव अन्तर्राष्ट्रिय अभ्याससँग मिल्दैन । अधिकांश आयोजनालाई राष्ट्रिय गौरवको नाम दिएर समयमै र तोकिएकै लागतभित्र पूरा गर्ने भनिएको सात वर्ष पुगिसेको छ । सरकारको सबैभन्दा बढी निगरानी र अनुगमनमा पर्ने गरेको छन् । संसदीय समितिहरुमा धेरै पटक छलफलको एजेन्डा बनेका छन् । सरकारले अयोजनालाई आवश्यक पर्ने स्रोतको सुनिश्चितता गरेको छ । तर, आयोजना पूरा नभएका मात्रै होइनन्, प्रगति लज्जाजनक देखिएको छ । आयोजनाहरुको लागत प्रत्येक वर्ष वृद्धि भइरहेको छ भने अयोजना सम्पन्न हुने अवधि ११ वर्षसम्म लम्बिएको छ । सबैभन्दा चिन्ताको विषय त आयोजना अझै पनि तोकिएकै समयमा पूरा हुन्छ भनेर आवश्वस्त हुने ठाउँ छैन । पश्चिम सेती, बुढीगण्डकीजस्ता आयोजना सुरु नै हुन सकेका छैनन् । आजको नयाँ पत्रिका दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्