नेकपा र कांग्रेसले गरे प्रदेशसभा २ अवरुद्ध



जनकपुर : प्रदेश २ का प्रमुख प्रतिपक्षी पार्टी नेकपा र नेपाली कांग्रेसका सांसदहरुले सरकारको काम कारवाहीको विरोध गर्दै प्रदेश सभा बैठक अवरुद्ध गरेका छन् ।

 

बैठक सुरु भए लगत्तै सभामुखसँग विशेष समय लिएर बोल्दै नेपाली कांग्रेसका सांसद शिवचन्द्र चौधरीले सरकारको विरोध गर्दै बैठक अवरोध गर्ने बताएका थिए। त्यसपछि नेकपाका सचेतक सुन्दर विश्वकर्मा र सांसद रामचन्द्र मण्डले सरकारको बजेट लगायतको विषयमा आलोचना गरेका थिए।

 

विपक्षी पार्टीका सांसदहरुले अवरोध गरेपछि सभामुखले बैठक आधा घण्टाका लागि स्थगित गरेका छन्।

प्रतिक्रिया दिनुहोस्