फिल्म ‘सेल्फी किङ’ को ट्रेलरमा छाए विपिन कार्की



काठमाडौं : नेपाली कथानक चलचित्र ‘सेल्फी किङ’ को ट्रेलर रिलीज भएको छ ।
मंगलबार २०७६ प्रतिक्षित फिल्म ‘सेल्फी किङ’को अफिसियल ट्रेलर रिलिज भएको हो ।

निर्माण कम्पनीले राजधानीमा आयोजित एक कार्यक्रमकाबीच फिल्मको ट्रेलर रिलिज गरेको थियो । ट्रेलरमा अभिनेता विपिन कार्की छाएका छन् ।

यो फिल्ममा कार्कीले हाँस्य कलाकारको भूमिका निर्वाह गरेका छन् । सुभास थापा र दिनेश राउतको निर्माणमा बनेको फिल्ममा विशाल सापकोटाको निर्देशन छ । विपिनसँगै लक्ष्मी बर्देवा, अभय बराल, भुवन चन्द, लोकमणी सापकोटा, जीवन भट्टराई, सविन बाँस्तोला, वालदीप राई, अमितेश शाह, इन्द्र दोङ लामा, कमल देवकोटा लगायत अभिनयमा छन् ।

जीवन थापाको सम्पादन रहेको फिल्मलाई सुसन प्रजापतिले खिचेका हुन् । आगामी माघ २४ मा रिलिज हुने फिल्मको यसअघि नै टिजर र एक गीत रिलिज भइसकेको छ । सुवास भुषालले संगीत संयोजन गरेका छन् । पछिल्लो बर्षको चर्चित तथा व्यवसायिक सफल फिल्म ‘प्रसाद’को अधिकांश टिम ‘सेल्फी किङ’मा समावेश छ । ‘प्रसाद’ निर्माता थापासँग सोहि फिल्मका निर्देशक राउतले निर्माणमा टिमअप गर्दा निर्देशक विशाल सापकोटाको लागी यो फिल्म डेब्यू निर्देशकिय रहनेछ ।

प्रतिक्रिया दिनुहोस्