कांग्रेस ले घरदैलो अभियान संचालन गर्ने



वीरगन्ज : नेपाली कांग्रेस पर्साले वीरगन्ज महानगरपालिका क्षेत्रमा घरदैलो अभियान संचालन गर्ने भएको छ ।

कांग्रेस पर्सा क्षेत्र नम्बर १ को बैठकले पौष २४ गतेदेखि माघ ३ गतेसम्म ‘घरदैलोमा गएर जनताको पिरमर्का बुझ्दै नेपाली कांग्रेस’ भन्ने नाराका साथ घरदैलो अभियान चलाउँने निर्णय गरेको क्षेत्रिय सभापती विजय सर्राफले बताए ।

पर्सा क्षेत्र नम्बर १ वीरगन्ज महानगरपालिकाको विकास निर्माणको अवस्था र जनताले भोग्नु परेको पिरमर्कालाई कसरी समाधान गर्ने उदेश्यले घरदैलो अभियान संचालनमा ल्याएको सभापती सर्राफले बताए ।

क्षेत्रिय समितिले संचालन गर्ने घरदैलो अभियानमा पार्टीका जिल्ला सभापती अजय दुवेदी, महानगरपालिकाकी उपमेयर एवं कांग्रेसकी महिला नेतृ शान्ति कार्की, पूर्व सांसद एवं उद्योगपति अनिल रुगंटा लगायतको सहभागिता रहने छ ।

पौष २४ गते वीरगन्ज महानगरपालिको वडा नम्बर ७ माईस्थान विद्यापिठ मावि नजिक, २५ गते शुक्रबार वडा नम्बर २० हरपतगंज, २७ गते आईतबार वडा नम्बर १० गहवा र २८ गते सोमबार वडा नम्बर २२ जगरनाथपुर हुने छ ।

त्यसैगरी २९ गते मंगलबार वडा नम्बर १४ पिपरामा, माघ २ गते विहिबार वडा नम्बर ५ को रेशमकोठी र माघ ३ गते शुक्रबार वडा नम्बर १६ नगवामा घरदैलो अभियान संचालन हुने क्षेत्रिय सभापती सर्राफले बताए ।

पहिलो चरणमा सातवटा वडाहरु घरदैलो अभियान संचालन गरेर शुरुवात गरिएको छ, त्यसपछि क्षेत्र नम्बर १ को बाँकी रहेको अन्य वटाहरुमा दोश्रो चरणमा अभियानलाई निरन्तरता दिने समितिले जनाएको छ ।

अभियानले जनताको गुनासो सुनेर त्यसको समस्या समाधान गर्नको लागि सम्बन्धित निकायमा पहल गरी समाधान गर्ने प्रतिबद्धता समेत जनाईएको छ ।

प्रतिक्रिया दिनुहोस्