निर्भयाको सामुहिक बलात्कारपछि हत्या गर्ने चार दोषीलाई मृत्युदण्डको सजाय



एजेन्सी : निर्भया बलात्कार–हत्याकाण्डको दोषी चारै जनालाई मृत्युदण्डको सजाय सुनाइएको छ । मंगलबार दिल्लीस्थित पटियाला हाउस अदालतले निर्भयाका हत्यारालाई २२ जनवरीका दिन बिहान ७ बजे फासी दिइने फैसला सुनाएको हो ।

अदालतले दोषी चारै जनालाई विकल्पको खोजी गर्न १४ दिनको समय दिएको छ ।

निभर्याको मुद्दा हेरिरहेका अतिरिक्त न्यायाधीश सतीश कुमार अरोराले भिडियो कन्फेरेन्समार्फत चारै जना दोषी पवन शर्मा, विनय शर्मा, मुकेश र अक्षयलाई जेलको सूचनाको बारेमा सोधपुछ गरेका थिए । दोषीहरुले कानुनको फैसला मन्जुर हुने बताएका थिए ।

यसअघि नै तल्लो अदालतले २०१३ को सेप्टेम्बर १३ का दिन मृत्युदण्डको फैसला सुनाएको थियो । उक्त फैसलालाई पुर्नविचार गर्न उच्च अदालतले जुलाई २०१८ मा सूचना जारी गरेको थियो । त्यसैगरी, दोषीलाई उनीहरुसँग भएको विकल्प प्रयोग गर्ने अवसर प्रदान गरिएको थियो ।

दक्षिण दिल्लीको मुनिरका बस स्टेसनमा २०१२ को डिसेम्बर १६ र १७ गते राति साथीहरुसँग बस चढेकी २३ वर्षीया निर्भयामाथि सामुहिक बलात्कार गरी रडले हानेर हत्या गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्