पाँच अर्ब ठग्ने मिटरब्याजी राजपा नेता यादव पक्राउ



काठमाडौं : मिटरब्याजीका रुपमा कहलिएका राष्ट्रिय जनता ( राजपा) पार्टीका केन्द्रीय सदस्य रामबाबु राय यादवलाई प्रहरीले पक्राउ गरेका छ ।

जिल्ला प्रहरी कार्यालय सर्लाहीले यादवलाई पक्राउ गरेको पुष्टि गरेको छ ।

हेनुहोस् :-

राजपा नेता यादवमाथि ५ अर्ब ठगेको बात

गृहमन्त्रीका राजनीतिक सल्लाहाकार सूर्य पथिकले आज बिहान द नेपाल टप डट कमसँग कुरा गर्दै मिटरब्याजी यादवलाई कारबाही गर्न प्रकृया अगाडी बढिसकेको बताएका थिए ।

घटना पीडित न्याय खोज्दै काठमाडौं आएको खबर द नेपाल टप डट कमले सार्वजनिक गरेको थियो । यस लगत्तै प्रहरीले यादवलाई नियन्त्रणमा लिएको हो ।

यसअघि मिटरब्याजमा रकम लगाएको आरोपमा श्याम परदेशी पनि पक्राउ परिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्