राजपा मुख्यालयमा विद्यार्थीहरुको नाराजुलुस



काठमाडौं : राष्ट्रिय जनता पार्टी (राजपा) निकट विद्यार्थी संगठनले पार्टी मुख्यालय काठमाडौंको बबरमहलमा आज (बुधबार) एकाएक टायर बालेर नाराजुलुस गर्दा राजपका नेताहरुसमेत अलमलमा देखिए ।

लामो समयसम्म राजपाको भातृ संस्थाको रुपमा रहेको विद्यार्थी संगठनको नेतृत्व नहुँदा संगठनको काममा अवरोध पुगेको भन्दै पार्टी नेतृत्वको विरुद्ध चर्को नाराबाजीमा उत्रिए ।

आउँदै गरेको स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचन लगायत ६ वटा मधेसवादी पार्टीको एकतापछि बनेको राजपाले विद्यार्थी नेतृत्वको संगठनप्रति विचार नपुर्याउँदा विद्यार्थीहरु आक्रोशित बनेका हुन् ।

आक्रोशित विद्यार्थी समुहले पार्टी मुख्यालयमा पुगे र दिनभर जसो नाराजुलुस गरे । उनीहरुले ‘हामीलाई एकल अध्यक्ष देऊ’, ‘टिका प्रथा अन्त्य गर’, ‘मण्डलियातन्त्र बन्द गर’ जस्ता नारा लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्