सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रण गर्न सशस्त्र सक्रिय


लुम्बीनी : सीमा क्षेत्रमा हुने अवैध क्रियाकलाप नियन्त्रणमा सशस्त्र प्रहरीबल सक्रिय देखिएको छ ।

सशस्त्र प्रहरी बल २७ नम्बर गण रुपन्देहीका गणपति प्रहरी उपरीक्षक तेजप्रसाद पोख्रेलका अनुसार सीमा अपराध नियन्त्रणमा जिल्लाका चार विओपी, पाँच वेश र तीन गुल्ममा रहेका पाँचसय सशस्त्र प्रहरीका अधिकृत तथा जवान २४सैंँ घण्टा तयारी अवस्थामा रहेका छन् ।

उनले भने,“सीमा अपराध, चोरीपैठारी नियन्त्रणमा हामी अलर्ट अवस्थामा छौं ।” सशस्त्र प्रहरीले सीमामा हुने अवैध क्रियाकलाप रोक्न सक्रियता देखाएसँगै हप्ता दिनमै लाखौं मूल्यको सामान बरामद गरेको छ । विओपी पजरकट्टिले मङ्गलबार राति रु नौ लाख ८२ हजार १५० बराबरको कपडा बरामद गरेको छ ।

पजरकट्टिका रेशम रोक्काको कमाण्डमा खटिएको मोबाइल टोलीले रोहिणी गाउँपालिका–२ मैनिहवाबाट १० बोरा कपडा बरामद गरेको सशस्त्र प्रहरी निरीक्षक सुशीलबाबु पन्तले बताउनुभयो । बरामद कपडामा लामा ज्याकेट ११ थान, जाकेट १३१ थान, स्वीटर ११५ थान, पाइन्ट २८ थान, सर्ट २० थानलगायत छन् ।

यस्तै सशस्त्र प्रहरी बल नेपाल नं ३८ गुल्म राजश्व भन्सार सुरक्षागस्तीको टोलीले पनि पिबी ११ ए डब्लु २८९९ नंको भारतीय नम्बर प्लेटको फोर्ड ब्राण्डको कारसहित मोटरपार्टसका सामान बरामद गरी भैरहवा भन्सार कार्यालय बेलहियामा बुझाइएको जनाएको छ । राजस्व भन्सार सुरक्षा गस्तीले बरामद गरेको कार भन्सार मूल्यअनुसार रु ११ लाख १३ हजार रहेको छ ।

यसैगरी गुल्म २७ नम्बरबाट खटिएको टोलीले सिद्धार्थनगर नगरपालिका–६ गल्लामण्डी इलाकामा जाँच गर्ने क्रममा भारतबाट अवैध रुपमा भन्सार छली चोरी पैठारी गरी लु १ च ७१६८ नं को बलेरो सिगल पिकअप प्राइभेट गाडीमा नेपालतर्फ ल्याइँदै गरेको विभिन्न हार्डवयरका सामान बरामद गरेको छ ।

गाडी चालक २२ वर्षीय भोला निसादसहित रु नौ लाख २४ हजार छ सय बराबरको समान भन्सार पठाएको छ । भारतबाट अवैध रुपमा भन्सार छलि ल्याउँदै गरेको बुलेट मोटरसाइकलमा प्रयोग हुने २०० लिटर ९१० कार्टुन० मोबिल रु एक लाख ४०० बराबरको बरामद गरी भन्सार कार्यालयमा दाखिला गरिएको छ । –रासस

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

पर्सा : प्रहरीको अपराध नियन्त्रण टोलिले असइ पदको लागि नक्कली परिक्षा लिई रहेको अवस्था २७

काठमाडौं : खाडीका ४ देशबाट भोलि (बिहिबार) अर्थात अक्टोबर १ देखि नियमित उडान शुरु हुने

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध देशव्यापी आन्दोलन गर्ने भएको छ । बूढानीलकण्ठमा आज

काठमाडौं : सरकारले बझाङकी सम्झना कामीमाथि भएको बलात्कार तथा हत्याका आरोपितलाई कानुनको कठघरामा ल्याउन कडा

काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराई बुधबार खुलामञ्चमा खाना बाँड्न

चितवन : जिल्ला प्रहरी कार्यालय चितवनले कुटपिटपछि मृत्यु भएको घटनाका आरोपी नेपाली सेनाका एक जनालाई

चितवन : चितवनको माडी नगरपालिकाले अयोध्याधाम निर्माणका लागि जग्गा छुट्याएको छ । मंगलबार बसेको कार्यपालिका

सप्तरी : बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा थप एक जना कोरोना संक्रमित व्यक्तिको मृत्यु

काठमाडौं : जल तथा मौसम विज्ञान विभागको मौसन पूर्वानुमान महाशाखाले आज (बुधबार) आंशिक बदली रही

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच मन्त्रिपरिषद् पुनर्गठनबारे

काठमाडौं : पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ९४३ सहित देशभर १५१३ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं : बजारमा स्वस्थ मान्छेको ज्यान लिने विषाक्त रसायन मिसाइएका स्यानिटाइजर फेला पर्ने क्रम रोकिएको