अमेरिका आंशिक बन्द रहेकै बेला देशका नाममा सम्बोधन गर्दै



वाशिङटन: अमेरिकी सीमा क्षेत्रमा पर्खाल लगाउने विषयमा विवाद हुँदा दुई सातादेखि अमेरिका आंशिक बन्दको अवस्थामा रहेकै बेला राष्ट्रपति डोनाल्ड ट्रम्पले आज देशबासीका नाममा सम्बोधन गर्ने भएका छन् ।

 

अमेरिकी राष्ट्रपति ट्रम्पले ट्विट गर्दै जनाए अनुसार दक्षिणी सीमा क्षेत्रमा भइरहेको मानवीय र राष्ट्रिय सुरक्षा संकटलाई लिएर स्थानीय समय अनुसार आज मंगलबार रातको ९ बजे देशका नाममा सम्बोधन गर्नेछन् ।

 

उनी मेक्सिकोसँगको सीमा क्षेत्रमा पनि आगामी विहीबार जाने कार्यक्रम तय भएको ह्वाइट हाउसका अधिकारीहरुले जनाएका छन् । अमेरिकी संसदको तल्लो सदनमा बहुमतमा रहेको विपक्षी डेमोक्र्याटसले मेक्सिकोसँगको सीमामा पर्खाल लगाउने राष्ट्रपतिको योजनामा बजेट पास गर्न अस्वीकार गरेपछि राष्ट्रपति तनावमा रहेका छन् । उनले संकटकाल लगाएर भएपनि आफूले पर्खाल लगाउने चेतावनी दिंदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्