शपथको मागसहित दीपक मनाङेले भेटे सभामुख र मुख्यमन्त्रीलाई



पोखरा: प्रदेशसभामा मनाङबाट निर्वाचित स्वतन्त्र सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले आफूलाई सपथ गराइनुपर्ने भन्दै सोमबार गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटेका छन् । 

 

प्रदेशसभा सदस्यमा निर्वाचित भए पनि पद तथा गोपनीयताको शपथ नलिएका मनाङे यही पुस पुस ६ गते सर्वोच्चको आदेशबाट जेल मुक्त भएका थिए । जेल मुक्त भएसँगै सपथ गराइनुपर्ने मागसहित उनले एक साता अघि प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका थिए । 

 

सपथ गराउन ढिलो भएको भन्दै उनले सोमबार प्रदेशसभा सचिवालय पुगी सभामुख अधिकारीसँग भेट गरे । भेटपछि उनले आफ्नो मागमा सभामुख सकारात्मक रहेको प्रतिक्रिया दिए ।  आफ्नो सपथ नभए अन्तर्राष्ट्रिय अदालतसम्म जान सक्ने मनाङेले बताए ।

 

मुख्यमन्त्री गुरुङसँग मनाङेले भेटे पनि मुख्यमन्त्री सपथका सम्बन्धमा केही बोलेनन् । 

प्रतिक्रिया दिनुहोस्