प्रतिव्यक्ती आय एक हजार अमेरिकी डलर पुर्‍याउने प्रदेश २ सरकारको लक्ष्य



जनकपुरधाम : प्रदेश २ सरकारले आफ्नो पहिलो पञ्चवर्षिय आवधिक योजनाको आधारपत्र सार्वजनिक गरेको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बुधबार पत्रकार सम्मेलनको आयोजना गरि पहिलो पञ्चवर्षिय आवधिक योजना २०७७ सार्वजनिक गरेको हो ।

योजना सार्वजनिक गर्दै मुख्यमन्त्री लालबाबु राउतले नीति तथा कार्यक्रममा समेटिएको योजनाहरु यसैलाई टेकेर अगाडी बढाउने बताए । उनले भने, ‘आवधिक योजनाको आधारपत्रलाई टेकेर नै प्रदेश सरकारले योजनाहरु ल्याउनेछ ।आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा समेत आवधिक योजनाको आधारपत्रलाई टेकेर योजनाहरु समावेश गर्ने’ उनले थपे ।

पत्रकार सम्मेलनमा नीति आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झाले प्रदेश सरकारले आउँदो पाँच वर्षमा प्रदेशको प्रतिव्यक्ती आय एक हजार अमेरिकी डलर पुर्याउने लक्ष्य राखेको बताए ।

सरकारले अघिल्लो पाँच वर्षपश्चात प्रादेशिक आर्थिक बृद्धिदर ११ प्रतिशत पुर्याउने लक्ष्य लिएको समेत उनले बताए ।

प्रदेश २ को आर्थिक बृद्धिदर ६.५३ बाट आउँदो पाँच वर्षमा ११ प्रतिशत पुग्ने लक्ष्य राखिएको उनको भनाई थियो । प्रदेश २ मा रहेको २७.७ प्रतिशत गरिबीलाई घटाएर २१ प्रतिशतमा झार्ने सरकारले लक्ष्य लिएको उनले थपे।

उनले भने, सरकारले कुल ग्राहस्थ उत्पादन ४ सय ८८ अर्वबाट ६ सय अर्व पुर्याउने लक्ष्य लिएको समेत लिएको छ ।’

प्रतिक्रिया दिनुहोस्