दीपिकाले पूर्व प्रेमी रणवीर कपूरलाई ‘कण्डम’ गिफ्ट दिन्थे भनेपछि…



एजेन्सी : बलिउडका सेलिब्रेटीहरुले बेलामौकामा मिडियासँग विवादास्पद बयान दिइरहेका हुन्छन् । उनीहरुलाई कुनै विषयमा बोल्नुनै छैन भने ‘नो कमेन्टस्’ भन्दै तर्किन्छन् । तर, कहिले काँही यस्ता कुरा पनि गरिदिन्छन्, जुन विवादका ठूलो कारण बन्न पुग्छ ।

यस्तै भएको थियो, अभिनेत्री दीपिका पादुकोणको जीवनमा पनि । निर्माता/निर्देशक करण जोहरको कार्यक्रम ‘कफी विद करण’मा अभिनेत्री दीपिका पादुकोण पाहुना भएर आएकी थिइन् ।

उनलाई करनले ‘यदि तिमीले आफ्नो एक्स ब्वाइफ्रेण्ड रणवीर कपुरलाई गिफ्ट दिन चाह्यौ भने के दिन्छौ ?’ भनेर प्रशन गरेका थिए ।

दीपिकाले जवाफमा ‘म रणवीरलाई कण्डमको प्याकेट गिफ्ट दिन चाहन्छु । किनभने रणवीरले यसको प्रयोग अत्यधिक गर्छ ।’ यसै विवादास्पद बयानले दीपिका एक ताका चर्चामा आएकी थिइन् । अहिलेको समय उनी आफ्नो फिल्म छपाकमा व्यस्त छन् ।

प्रतिक्रिया दिनुहोस्