सोधेको प्रश्नको उत्तर दिन नसक्दा छात्रामाथि कुटपिट



विराटनगर : विराटनगरस्थित लर्डबुद्ध स्कुलमा अध्ययनरत छात्रामाथि शिक्षकले निर्घात कुटपिट गरेका छन्। कक्षा ८ मा अध्ययनरत छात्रा अनुश्का ठाकुरलाई बुधबार सो विद्यालयका शिक्षक सागर सिंहले कुटपिट गरेका हुन्।

शिक्षकले सोधेको प्रश्नको जवाफ नदिँदा विद्यार्थीलाई शिक्षकले कुटपिट गरेको अनुश्काका ठुलोबुवा लालमोहन ठाकुरले बताए। ठाकुरले भने ‘सोधेको प्रश्नको जवाफ दिन नसक्दा चोटै चोट हुनेगरी शिक्षकले कुटपिट गरे।’ विद्यार्थीलाई कुटपिट गरेको विषयमा विद्यालयमा बुझ्न खोज्दा विद्यालयका प्रिन्सीपलले फोन समेत नउठाएको ठाकुरले बताए।

शिक्षकको कुटपिटबाट विद्यार्थीको हत्केलामा चोट लागेको छ। विराटनगर महानगरपालिका बालमैत्री नगर घोषणा भएको ५ वर्ष वितिसके पनि अझैसम्म विद्यालयमा बालबालिकालाई कुटपिट गर्ने, डर, त्रास देखाउने क्रम भने रोकिएको छैन। हरेक विद्यालयमा बालमैत्री शिक्षा लागू गर्ने र  विद्यार्थीलाई कुनै पनि बाहनामा कुटपिट नगर्ने प्रतिबद्धता विद्यालयहरूले जनाए पनि विराटनगरका नीजि विद्यालयले प्रतिबद्धता पालना गरेका छैनन्।

यता विद्यालयका प्रिन्सीपल विरु झाले विद्यार्थीमाथि कुटपिट भएको घटनाबारेमा आफूले सबैकुरा बुझ्न नपाएको प्रतिक्रिया दिए। उनले घटनाका विषयमा बुझेर शिक्षकले कुटपिट गरेको पाइए कारबाही गर्ने दावी गरे। ‘विद्यालयका शिक्षकहरूलाई कुनै पनि बाहनामा विद्यार्थीलाई कुटपिट नगर्न विद्यालयले निर्देशन दिएको छ’ उनले भने ‘कुनै शिक्षकले कुटपिट गरेको पाइए विद्यालयले कारबाही गर्छ।’ नागरिक दैनिकबाट  

प्रतिक्रिया दिनुहोस्
मुख्य समाचार

काठमाडौँ । सहरका मुख्य भागका सरकारी जमिन भाडामा लिएर व्यवसाय गर्न सफल यती समूहलाई त्रिभुवन

सर्लाही । नेपाली कांग्रेसका नेता गगन थापाले सर्वोच्च अदालतले संसद् पुनःस्थापना गरेपश्चात् प्रधानमन्त्री केपी शर्मा

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईले राजनीतिक सहमति गरेर

बिर्तामोड । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई पदबाट कसैले हटाउन सक्छ भने हटाएर देखाउन चुनौती

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले विप्लव समूहमाथिको प्रतिबन्त्र र मुद्दा फिर्ताको प्रक्रिया

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका नेता तथा सांसद महेश बस्नेतले आफूहरुको पक्षमा

झापा : प्रधानमन्त्री ओलीले बिर्तामोड नगरपालिकामा विपन्न तथा आदिवासी समुदायका लागि निर्मित ‘प्रदेश गौरव भिलेज’को

काठमाडौँ : सरकारसँग वार्ताका लागि नेत्रविक्रम चन्द समूहले प्रवक्ता खड्गबहादुर विश्वकर्मा र दीपक चलाउनेको नेतृत्वमा

झापा : प्रधानमन्त्री केपी शर्मा ओली क्यान्सर अस्पताल र विपन्न आवासगृहलगायत उद्घाटन गर्न आज झापा

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले धनुषाको बटेश्वर गाउँपालिकाको अध्यक्षले बाटोमा फालेको लाखौँ रूपैयाँ बरामद

काठमाडौं : चारवटै सुरक्षा निकायका तीन सयभन्दा धेरै सुरक्षाकर्मीको घेरामा रहने प्रधानमन्त्री केपी ओलीले आफू

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतको फैसलाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई