साँखु प्रहरी प्रमुख पन्थीको गर्जनः स्वस्थानी मेलामा सुरक्षा व्यवस्था मजबुत



हिन्दू महिलाहरुले मनाउने एक महिने स्वस्थानी व्रत यही पुस २५ गतेबाट शुरु हुँदैछ । स्वस्थानीको लागि काठमाडौंको शंखरापुरा नगरपालिका ७ स्थित चर्चित शालिनदीमा गएर नुहाउने चलन रहेको छ । हरेक वर्ष त्यहाँ स्वस्थानी व्रतका भक्तालुहरुको एक महिले मेला लाग्ने गरेको छ ।

यस वर्ष पनि शालिनदीमा यहि पुस २५ गते देखि माघ २५ गते सम्म एक महिना मेला लाग्दैछ । मेला भर्न आउने भक्तजनहरु करीब २५ लाख श्रदालु भक्तजन सहभागी हुने आकलन गरीएको छ । मेलामा हुन सक्ने घटनालाई साँखु प्रहरीले तयारी थालेको छ । यससँगै उक्त मेलाको शान्ती सुरक्षाको बारेमा साँखु प्रभागका प्रमुख प्रहरी निरीक्षक गोविन्द पन्थी संग गरीएको संवादको संपादित अंश यहाँ प्रस्तुत गरिएको छ :

स्वस्थानी व्रत शुरु हुन लागेको छ, यसपटकको मेलामा शान्तिसुरक्षाको व्यवस्था कसरी मिलाउदै हुनुहुन्छ ?

खासमा यो शालिनदी हिन्दू महिला व्रतालुको लागि एक महिने महाउत्सव नै हो । यसमा सहभागी महिला भक्तजनहरु हुने भएकाले शान्तिसुरक्षामा खासै खलल हुने अवस्था देख्दिन । तर पनि त्यही भित्र अपराधिक घटना नहोला भन्न पनि सकिने अवस्था छैन । त्यसलाई मध्येनजर गर्दै शान्तिसुरक्षाको व्यवस्था मिलाएका छौ । धार्मिक आस्था राख्ने प्राय गलत गर्नु हुदैन भन्ने मनोभावनाको विकास भएका श्रदालु हुने हुदा उहाँहरु बाट खासै सुरक्षामा असर पर्ने हुदैन ।

रमाईलो हेर्न आएका वा स्थान विशेष अवलोकन गर्न आउनेहरुको केही व्यबस्थापन गर्नु पर्ने हुन्छ । ठुलो संख्यामा प्राय बिदाको दिन अथवा विशेष दिनमा धेरै भिड भाड धेरै हुने हुँदा पाकेटमारी हुन सक्ने हुँदा त्यसलाई विशेष निगरानी गर्नुपर्ने हुन्छ । यसको तयारी राम्ररी नै गरेको छु ।

मेलामा देखिने झैझगडा र होहल्ला तथा पाकेटमारी हुने अवस्था आउन सक्छ यसलाई कसरी नियन्त्रण गर्दै हुनुहुन्छ ?

अपराध अनुसन्धानमा म लामो समयदेखि कार्यरत रही आएको हुँ । त्यसकारण अपराधिक मानसिकता बोकेको मान्छेलाई सजिलै पहिचान गर्न सक्ने सामथ्र्य म राख्छु । त्यसो त पाकेटमारी गर्नेहरुको तरीका र हुलिया समेत केहीका अनुहार मेरा मष्तिस्कमा तस्वीर घुमीरहेका हुन्छन । त्यस्ता अवान्छीत व्यक्ति भिडभाडमा छिर्ना साथ नियन्त्रण गरीनेछ । शंखरापुर नगरपालिकालाई मैले आग्रह गरे अनुसार मेला लाग्ने क्षेत्रमा सिसिटीभी जडान गर्ने कार्य भएको छ । जसको मनिटर हामीले गर्ने छौ ।

त्यसबाट पनि त्यस्ता व्यक्तिको पहिचान हुनेछ र नियन्त्रणमा आउनेमा म ढुक्क छु । शालिनदी सुधार समिति, शंखरापुर नगरपालिका र सरोकार समूहसँग हामिले समन्वय गरी राखेका छौ, मेला अवधिभरका लागि सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखी उल्लेखनीय संख्यामा थप जनशक्ति माग गरीएको छ । यस्तै सादा पोसाकमा प्रशस्त मात्रामा प्रहरी परीचालन गर्ने योजना बनाईएको छ । त्यसले स्वत गलत प्रवृतिका व्यक्तिलाई नियन्त्रणमा ल्याउन सजिलो हुनेमा म ढुक्क छु ।

भक्तालुहरुको व्यवस्थापन त एकातिर छ दै छ, त्यसका अलावा भक्तजनहरु चढेर आउने सवारी साधनको व्यवस्थापन कसरी गर्ने सोच बनाउनुभएको छ ?

यस विषयमा हिजो भर्खर काठमाडौको प्रमुख जिल्ला अधिकारी र काठमाडौ प्रहरी परिसर प्रमुख समेत यस ईलाकामाआउनुभई शान्ति सुरक्षाका विषयमा समग्र सुरक्षाका विषयमा अनुगमन तथा निर्देशन दिएर जानुभएको छ । यसलाई मनन गर्दै मेरो सकृयतामा शालिनदी मेला क्षेत्र भित्र मादक पदार्थ सेवन र जुवा जन्य खेल पूर्णत निषेध गरीएको छ । यस्तै उपभोक्ता लाई ठगिनबाट रोक्नका लागि प्रत्येक पसलले मुल्य सूची राख्नुपर्ने अनिवार्य व्यवस्था गरिएको छ ।

उता यस पटक बाटो धेरै चौडा र व्यवस्थित भएकोले गाडी जाम कम हुने आँकलन गरिएको छ । त्यसको लागी साँखु बस व्यवसायी संघ र वावा गोकर्णेश्वर र आमा हेल्म्वो संग समन्वय गरी सवारी व्यवस्थापन गर्ने योजना बनाएको छु । यस्तै गरी साना सवारी साधनको लागी नगरपालिका ले निश्चित ठाँउ तोकेर पार्किङ व्यवस्था मिलाईएको छ । मेला अवधिभरको लागी भाडा एक रुपताको लागी यस क्षेत्रमा चल्ने बसमा भाडा दर अनिवार्य टास्नु पर्ने व्यवस्थ कडाईका साथ कार्यान्वयन गराउन भूमिको खेल्नेछु ।

स्थानीय सरोकार वाला संघ संस्थासँग के कस्तो समन्व गर्नुभएको छ ?

स्वस्थानी व्रत अन्तर्गत लाग्ने शालिनदी मेलाले यस क्षेत्रको पर्यटन विकास लाई समेत महत्वपूर्ण रुपमा टेवा पुर्याएको छ । यस क्षेत्रमा देखिने प्राकृतिक मनमोहक दृष्यले सवै लाई लोभ्याउउने गरेको छ । तल खोला माथि पुरै हरियाली देख्न सकिन्छ । यस मेलामा ठूलो संख्यामा भक्तजन तथा आगन्तुक आउने हुँदा स्थानीय सरोकार समूह,संघ,संस्था संग समन्वय गरी कसरी व्यवस्थीत ,सभ्य र भव्य रुपमा सम्पन्न गर्ने भन्नेमा हामी एकमत छौ ।

यसमा सम्पूर्ण स्थानीय नगरपालीका ,राजनैतिक दल सामाजिक संघ संस्थाका व्यक्तिहरु अत्यन्त सहयोगी र सकारात्मक मैले पाएको छु ।त्यसैले मेलामा ठुलो समस्या केही आउने छैन भन्नेमा विश्वस्त छु ।

अन्त्यमा केही भन्नु छ कि ?

पौराणिक काल देखी चल्दै आएको धार्मीक मेला भएको र अहिले शालिनदी सुधार समितिले उक्त स्थललाई साच्चिकै मनमोहक बनाएकोले एकपटक दर्शन गर्न नै पर्ने खाले स्थल हो शालिनदी । यहाँ पहिले भन्दा धेरै कुरालाई व्यवस्थित गरिएको हुँदा ढुक्कसँग आएर मेला भर्न अनुरोध गर्दछु ।

यहाँ बाटो समेत हाल पहिलाको तुलनामा धेरै राम्रो रहेको छ भने शान्ति सुरक्षाको पूर्ण प्रत्याभुती गरिएको । उपभोक्ता ठगिने संभावनालाई मध्यनजर गर्दै हामीले त्यसलाई निराकरणका कामहरु भएका छन् । यदि कही कतै समस्या परेमा तुरुन्त साँखु प्रहरी प्रभागको ९८५१२८३००५ अथवा १०० अथवा नागरीक सहायता कक्षमा सम्पर्क गर्नुहुन समेत अनुरोध गर्दछु । धन्यावाद ।

प्रतिक्रिया दिनुहोस्