नेपाल आयल निगमको कार्यकारी निर्देशकमा पौडेल नियुक्त



काठमाडौं : नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त भएका छन् । हिजो साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

पौडेल उदयपुर सिमेन्ट उद्योगका महाप्रबन्धक थिए । उनले सो संस्थामा हिजो नै पदबाट राजीनामा दिएका थिए । 

निगमका तत्काली कार्यकारी निर्देशक गोपाल खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले १८ करोड भ्रष्टाचारको मुद्दा दायर गरेकै दिन सरकारले निगममा पौडेललाई कार्यकारी निर्देशकमा नियुक्त  गरेको हो । 

गोपाल खड्का भ्रष्टाचार आरोपमा मुछिएपछि उनलाई सरकारले बर्खास्त गरेको थियो । त्यसपछि रिक्त रहेको निगमको कार्यकारी निर्देशकको जिम्मेवारी सुशील भट्टराईले सम्हाल्दै आएका थिए ।

पौडेल चार्टर्ड एकाउन्टेन्ट हुन् । 

प्रतिक्रिया दिनुहोस्